सिलगढी सड़क दुर्घटनामा महिलाको मृत्यु

सिलगढी :  सिलगढीको ईस्टर्न बाइपासमा आज दिउँसो भएको सडक दुर्घटनामा एउटी महिलाको घटनास्थलमै मृत्यु भएको छ। मृतक महिला फकदईबारी निवासी रूना सिंहको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार रूना सिंह आफ्नो लोग्ने निरञ्जन सिंहसित बाइकमा सवार भएर आशिघर मोडदेखि बानेश्वर मोडतर्फ डाक्टरकहाँ गइरहेको समय एउटा ट्रकको चपेटमा परेर घटनास्थलमै तिनको मृत्यु भएको बताइएको छ। घटनामा लोग्ने निरञ्जन पनि गम्भीर रूपमा घाइते भएका छन्। घटनापछि स्थानीय मानिसहरूले घाइते अवस्थामा निरञ्जनलाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा लगेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *