सिलगढी सहरका वृद्ध-वृद्धाहरूको निम्ति उत्तरायण टाउनशिपमा पुलिस कमिश्नरद्वारा सम्मानको घर उद्घाटन

सिलगढी : सिलगढी मेट्रोपलिटन पुलिसको पहलमा सम्मानेर बाड़ी अर्थात् सम्मानको घरको आज उद्घाटन गरियो। उक्त घर सिलगढी सहरका वृद्ध-वृद्धाहरूलाई ध्यानमा राखेर बनाइएको बताइएको छ। सिलगढी मेट्रोपलिटन पुलिस र रोटरी क्लब अफ उत्तरायणको तर्फबाट उत्तरायण टाउनशिपमा उक्त घर बनाइएको छ। सहरका वृद्ध-वृद्धा नागरिकहरू त्यहाँ जान सक्नेछन्। विशेष गरेर घरमा एक्लै बस्ने वृद्ध-वृद्धाहरूको मनोरञ्जनको निम्ति यहाँ विभिन्न प्रकारको व्यवस्था गरिएको छ। पुलिस कमिश्नर गौरव शर्मा आज सिलगढी उत्तरायण टाउनशिपमा उक्त घरको विधिवत् उद्घाटन गरे। यस अवसरमा तिनले सहरका सबै वृद्ध-वृद्धा नागरिकलाई मेम्बरशिप ग्रहण गर्ने आग्रह गरे। पुलिसको तर्फबाट जारी गरिएको नम्बर मार्फत् मेम्बरशिपको निम्ति सम्पर्क गर्न सक्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *