सिलगढी सहरलाई जाममुक्त बनाउन ट्राफिक पुलिसको पहल

सिलगढी : सडक दखलमुक्त गराउन भक्तिनगर ट्राफिक गार्डले अभियान चलाइरहेको छ। यसै क्रममा आज सिलगढीको सेभोक रोडमा ट्राफिक पुलिसले अभियान चलाएर सडक दखल गरेर चलाइरहेको केही दोकानहरू हटाइदिएको छ। अर्कोतिर, सहरभरिमै गैर कानुनी रूपमा सडकको जताततै दुईचक्के तथा चार चक्के वाहनहरू पार्किङ गर्ने गरेकोले धेरै समस्या हुने गर्दछ। यसैले पुलिसले आज अभियान अवधि एउटा स्कुटी उठाएर लगेको बताइएको छ। यसको साथै पुलिसले बाइकमा लगाइएको मोडिफाई साइलेन्सरविरुद्ध पनि कार्वाही गर्दै सेभोक रोडमा रहेको केही ग्यारेजहरूमा पनि अभियान चलाएर बाइकमा लगाइने साइलेन्सर पाइपहरू जफत गरेको छ। यसबाहेक पुलिसले सिलगढी सहरको मुख्य सडकहरूमा चलाइरहेको नम्बरविहीन टोटोहरूलाई जफत गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *