सिलगढी सहरलाई फोहोर-मैला मुक्त बनाउने छौँ : मेयर गौतम देव

सिलगढी : सिलगढी सहरलाई फोहोर-मैला मुक्त बनाउन लक्ष्य राखेर सिलगढी नगरनिगमले कार्य शुरू गरेको छ। सिलगढीका मेयर गौतम देवले आज मेयर परिषद्का सदस्यहरूसित एउटा महत्वपूर्ण बैठक गरे। उक्त बैठकमा विभिन्न विषय लगायत सहरलाई फोहोर-मैलामुक्त बनाउने विषयमा विशेष रूपमा चर्चा परिचर्चा गरियो। यस अवसरमा गौतम देवले भने, हाल सिलगढीको केही इलाकाहरूबाहेक गारभेज विभागको प्रायः धेरैजसो कार्यहरू दिनमै गर्ने गरिन्थ्यो भने यसपल्ट रातको समयमा पनि फोहोर-मैला उठाउने कार्य गरिनेछ। दुई भागमा कर्मचारीहरूले उक्त कार्य गर्नेछन्। पहिलो चरणमा सिलगढीको 25 वटा वार्ड शुरू गरिनेछ। सलिड वेस्ट म्यानेजमेन्ट परियोजनालाई सार्थक बनाउन 200 वटा घरलाई लिएर ब्लक तयारी गरिनेछ। सहरको प्रत्येक सडकलाई पानीले सफा गर्नको साथै सडकहरूमा एलईडी लाइट जडान गरिने परियोजना रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *