सिलगढी सहरलाई फोहोर-मैला मुक्त बनाउन मेयर गौतम देवको सुडा-सित बैठक

सिलगढी : सिलगढी सहरलाई फोहोर-मैला मुक्त बनाउन सिलगढी नगरनिगमले पहल गरेको छ। आज सिलगढी नगरनिगममा मेयर गौतम देवले नगर विकास कार्यालयका अधिकारी तथा सुडा-सित एउटा महत्वपूर्ण बैठक गरे। उक्त बैठकमा सिलगढी सहरलाई फोहोर-मैला मुक्त बनाउन लगायत जाममुक्त सहर, बिल्डिङ प्लान, विद्युत तथा विविध विषयमा चर्चा परिचर्चा गरियो। बैठकको अन्तमा मेयर गौतम देवले भने, आज सुडा-सित एउटा बैठक गरियो। सलिड वेस्ट म्यानेजमेन्ट प्रक्रिया अन्तर्गत फोहोर-मैलालाई दुई भागमा विभक्त गरेर काममा लगाइनेछ भने योजनाबद्ध रूपमा सिलगढी सहरलाई सजाइने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *