सिलगढी सहरलाई फोहोर-मैला मुक्त गर्नको लागि नगरनिगमले गर्यो 10 वटा ट्रेलरको उद्घाटन

सिलगढी : सिलगढी सहरलाई फोहोर-मैला मुक्त गर्ने उद्देश्य लिएर सिलगढीका वर्तमान नगर प्रशासक मण्डलीले काम गरिरहेको छ। सहरको विविध सेवाहरूलई सुचारू तथा सामान्य राख्नको लागि सिलगढी नगरनिगमले आज 10 वटा ट्रेलरको उद्घाटन गर्यो। हाल फोहोर मैला उठाउनको लागि 4 वटा ट्रेलरको प्रयोग गरिनेछ। आगामी दुई सप्ताहमा सिलगढी सहरलाई फोहोर मैला मुक्त बनाउनको लागि अझ 6 वटा ट्रेलरलाई प्रयोगमा ल्याइनेछ। सिलगढी नगरनिगमको प्रशासक मण्डलीका चेरयम्यान गौतम देव, प्रशासक मण्डलीका  सदस्य रञ्जन सरकार, आलोक चक्रवर्ती लगायत अन्य मानिसहरूले बाघाजतीन पार्कमा हरियो झण्डा देखाएर उक्त ट्रेलरको उद्घाटन गरे। गौतम देवले बताएअनुसार 10 वटा ट्रेलरमध्ये 5 वटा ट्रेलर बोरो अफिसलाई दिइनेछ भने अन्य 5 वटा नगरनिगमद्वारा प्रयोग गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *