सिलगढी सहरलाई सफा राख्न नगरनिगमले ल्यायो दुईवटा अत्याधुनिक मसिन

सिलगढी : सिलगढी नगरनिगमले सहरलाई फोहोर-मैला मुक्त र डम्पिङ ग्राउण्डको समस्याबाट निजात दिलाउने उद्देश्य लिएर अत्याधुनिक तक्निक युक्त नयाँ मसिन पावर वारियर 1200 र ट्रोमल मसिन ल्याएको छ। पावर वारियर 1200-ले डम्पिङ ग्राउण्डमा थुप्रिएको फोहोर मैलाबाट सुक्खा र तरल मैला छुट्टाउने कार्य गर्दछ भने ट्रोमल मसिनमा उक्त फोहोर मैला हालेर रिसाइकल गरिने बताइएको छ। पावर वारियर 1200 मसिन अमेरिकाबाट ल्याइएको हो भने ट्रोमल देशी मसिन हो। सिलगढी नगरनिगमले उक्त दुईवटा मसिनको आज ट्राइल रन गर्यो भने भोलि सिलगढी नगरनिगमका प्रशासक अशोक भट्टाचार्यले उक्त मसिनको उद्घाटन गर्ने भएका छन्।


स्मरण रहोस्, सिलगढी सहरका मानिसहरूलाई जताततै थुप्रिएको फोहोर-मैलाले गर्दा निक्कै समस्या भइरहेको छ। यसैलाई ध्यानमा राखेर सिलगढी नगरनिगमले 18 करोड़ रुपियाँको लागतमा यस परियोजनाको शुरूआत गरेको छ। यसको लागि अमेरिकाबाट पावर वारियर 1200 र ट्रोमल मसिन सिलगढी ल्याइ पुर्‍याइएको छ। उक्त मसिनको सहायताले आगामी 18 महीनाको अवधिमा यहाँको डम्पिङ ग्राउण्डमा थुप्रिएको फोहोर-मैलालाई रिसाइकल गरिने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *