सिलगढी सहरलाई सौन्दर्यीकरण र जाममुक्त बनाउने नगरनिगमको परियोजना

सिलगढी : सिलगढी सहरलाई सौन्दर्यीकरण साथै सहरलाई जाममुक्त बनाउने उद्देश्य लिएर सिलगढी नगरनिगमले विविध परियोजना शुरू गर्ने भएको छ। सिलगढी नगरनिगममा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर प्रशासक गौतम देवले यसबारे जानकारी दिएका छन्। यस अवसरमा तिनले सिलगढी सहरलाई सौन्दर्यीकरण गर्नको साथै सहरको चारैतिर हरियाली बनाउने उद्देश्य लिएर उक्त परियोजना शुरू गर्ने भएको बताए। महानन्दा नदीको दुवै किनारको सौन्दर्यीकरण गरिने साथै सिलगढी सहरमा जामको समस्या कम्ती गर्ने उद्देश्यले छैटो महानन्दा ब्रिज निर्माण गर्ने परियोजना शुरू गरिने तिनले बताए। उक्त पुलको निर्माण भएपछि मानिसहरू हिलकार्ट रोडदेखि सजिलैसित सेभोक रोड पुग्न सक्नेछन्। यसबाहेक पनि सिलगढी नगरनिगमको तर्फबाट अन्य विविध परियोजनाहरू भविष्यमा गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *