सिलगढी सहरमा आजदेखि दशमीसम्म साँझ 4 बजीदेखि बिहान 2 बजीसम्म ‘नो एन्ट्री’

सिलगढी : दुर्गा पुजालाई केन्द्र गरेर सिलगढी मेट्रोपोलिटनको ट्राफिक विभागको गाइड लाइन आजदेखि जारी गरिएको छ। ट्राफिक निर्देशिका अनुसार आजदेखि केही रूटहरूमा परिवर्तन गरिएको छ भने सहरमा नो एन्ट्री-को समयमा परिवर्तन गरिएको बताइएको छ। पुजा अवधि सिलगढी सहरलाई जाममुक्त बनाउने उद्देश्य लिएर सिलगढी मेट्रोपोलिटनको ट्राफिक विभागले अन्य राज्यको  बसहरूको लागि नयाँ रूट पीसी मित्तल र नौकाघाट बनाइदिएको छ। धेरैजसो दर्शनार्थीहरू पञ्चमीको दिनदेखि पुजा पण्डालहरू घुम्नको लागि निस्कने गर्दछन्। यसैले गर्दा आज साँझ 4 बजीदेखि बिहान 2 बजीसम्म सहरको मुख्य सड़कहरूमा वाहनहरूको आवाजाहीमा नो एन्ट्री रहनेछ। ई-रिक्शा पुजा अवधि मुख्य सड़कहरूमा चलाचल गर्नमा निषेध गरिएको छ। अर्कोतिर, नक्सलबारी, बाघडुग्राखोड़ीबारीबाट आउने यात्रीवाही बसहरू पुजा अवधि नौकाघाट भएर यातायात गर्नेछ भने बाग्राकोर्टको बसहरू पनि नौकाघाट भएर नै चलाचल गर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *