सिलगढी सहरमा विकासको लागि विविध निर्माण कार्यहरूको शिलान्यास

सिलगढी : राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले सिलगढी सहरलाई सुन्दर रूपमा सजाउने पहल गरेकी छन्। मुख्यमन्त्रीको पहललाई कार्यान्वित गर्ने उद्देश्य लिएर सिलगढी नगरनिगम तथा एसजेडीएले संयुक्त रूपमा विकासमूलक कार्य शुरू गरेको छ। यसै क्रममा आज सिलगढी नगरनिगमको 35 नम्बर वार्डको केही सडकहरू, पक्का ड्रेन र सौन्दर्यीकरण परियोजनाको शिलान्यास गरियो। सिलगढीको अग्रणी संघ क्लबमा एउटा कार्यक्रमबीच दीप प्रज्ज्वलन आज मेयर गौतम देव, एसजेडीए चेयरम्यान सौरभ चक्रवर्ती, डेपुटी मेयर रञ्जन सरकारले विकासमूलक कार्यहरूको शिलान्यास गरे। उक्त विकासमूलक कार्यको लागि 2 करोड रुपियाँ अनुमोदन गरिएको छ।


यस अवसरमा चेयरम्यान सौरभ चक्रवर्तीले बताएअनुसार सडक तथा ड्रेनहरू मात्र नभएर सिलगढी सहरको चौतर्फी विकासको लागि नगरनिगमसित कुराकानी गरिसकेको छ। विशेष गरेर सिलगढीको विधान मार्केटलाई नयाँ रूपमा सजाइने, फुल बजार तथा जामको समस्या समाधान, पार्किङ व्यवस्थाबारे नगरनिगमसित चर्चा परिचर्चा गरिसकेको तिनले बताए। सिलगढी नगरनिगम र एसजेडीएको संयुक्त पहलमा चाँडै नै यी सबै विकासमूलक कार्यहरू शुरू गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *