सिलगढी सहरमा लगाइएको अवैध होडिङविरुद्ध नगरनिगमको अभियान

सिलगढी : सिलगढी सहरको विभिन्न ठाउँमा गैर कानुनी रूपमा होडिङहरू लगाइएकोले सिलगढी नगरनिगमले यसविरुद्ध अभियान शुरू गरेको छ। सिलगढीमा धेरै समय अघिदेखि सरकारी जमिन तथा अवैध रूपमा सडक किनारमा होडिङहरू लगाइएको छ। यसैले सिलगढी नगरनिगमले उक्त अवैध होडिङ विरुद्ध कठोर पदक्षेप ग्रहण गरेको छ। आज सिलगढीको नौकाघाट मोड इलाकाको सरकारी जमिनमा लगाइएको होडिङहरू हटाइदिएको छ। यसको साथै सिलगढीको सेभोक रोड संलग्न एउटा बहुतले भवनमा अभियान चलाएर पुलिसको उपस्थितिमा होडिङहरू हटाइएको बताइएको छ। स्मरण रहोस्, सिलगढी नगरनिगमको तर्फबाट गैर कानुनी होडिङविरुद्ध अभियान चलाउनेबारे अगावै अवगत गराइएको थियो। सरकारी जमिनमा कुनै अनुमति बिना लगाइएको सबै होडिङहरू हटाइनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *