सिलगढ़ी शहरमा लक डाउन सुरू, पुलिसको कठोर व्यवस्था

सिलगढी : कोरोना भाइरसको बढ्दो सङ्क्रमणलाई रोकथाम गर्ने उद्देश्य लिएर राज्य सरकारले गरेको घोषणाअनुसार आज साँझ 5 बजीदेखि सिलगढ़ी शहर अनि यसको वरिपरीका क्षेत्रहरूमा पनि लक डाउन शुरू भएको छ। उक्त लक डाउन आगामी 27 मार्च 12 बजीसम्म राज्यभरि जारी रहनेछ। लक डाउन शुरू हुन साथै सिलगढीमा पनि पुलिसले गश्ती शुरू गरेको छ। मानिसहरूलाई एकत्रित नहुने अपिल गर्नको साथै यदि कुनै ठाउँमा मानिसहरू एकत्रित भएको भेट्टाइएको खण्डमा कानुन अनुसार कार्वाही गरिने बताइएको छ। अर्कोतिर, सहरको विभिन्न ठाउँहरूमा आवश्यक परिसेवा बाहेक अन्य सबै दोकानहरू बन्द रहेको छ। यसको साथै सडकमा निस्किएका मानिसहरूलाई पुलिसको तर्फबाट आ-आफ्नो घर जाने अनुरोध गरिरहेको छ। सहरको विभिन्न ठाउँहरूमा आगामी 27 मार्चसम्म पुलिसको कठोर नजर जरी रहने बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *