सिलगढी सहरमा नकली नम्बर प्लेटको धन्दा, दोकान मालिक हिरासतमा

सिलगढी: पुलिसले सिलगढीको सेभोक रोड इलाकाको एउटा दोकानमा अभियान चलाएर नकली नम्बर प्लेट भएको स्टिकरहरू उद्धार गरेको छ। यस घटनामा पुलिसले एकजना व्यक्तिलाई हिरासतमा लिएको छ। सूत्र अनुसार परिवहन विभागका अधिकारीहरूले मतिगढामा नकली नम्बर प्लेट भएको एउटा पिकअप भ्यान जफत गरेको छ। परिवहन विभागका अधिकारीहरूले सोधखोज गर्दा चालकले सेभोक रोडस्थित एउटा दोकानबाट उक्त नकली नम्बर भएको स्टिकर लगाएको कुरा बताए। यसपछि परिवहन विभागको तर्फबाट यसको जानकारी सिलगढी पानीट्याङ्की पुलिसलाई दिएपछि आज साँझ पुलिसले सेभोक रोडस्थित उक्त दोकानमा अभियान चलाएर नकली नम्बर प्लेट तथा स्टिकरहरू उद्दार गरेको छ। उक्त घटनामा पुलिसले दोकान मालिकलाई हिरासतमा लिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *