सिलगढी सहरमा पर्‍यो अचानक असिना पानी

सिलगढी : सिलगढीको कतिपय ठाउँहरूमा आज अपरान्ह अचानक मौसम बिग्रिएर केही समय हावा-बतास चल्नको साथै असिना पानी पर्‍यो। विशेष गरेर बजारपात गर्न आउने तथा दुईचक्के बाइक, स्कुटी तथा साइकल चालकहरूलाई यसले गर्दा धेरै समयसम्म असुविधा पुगेको देखियो। लगभग आधा घण्टासम्म लगातार परेको असिना पानीपछि सहरको कतिपय ठाउँहरूमा रहेको नालीहरू पानीले भरिनको साथै केही ठाउँमा पानी जमेर मानिसहरूलाई हिँडडुल गर्न असुविधा पुग्यो।


केही समयसम्म लगातार परेको असिना पानीले सिलगढी सहरको कतिपय ठाउँको सडकमा चारैतिर सेत्तै असिना देखापर्यो। अचानक परेको असिना पानीले सिलगढीवासीलाई गर्मीबाट केही राहत पुर्‍यायो भने धेरैजना मानिसहरूले घरबाट निस्केर उक्त असिना पानीको आनन्द उठाए। स्मरण रहोस्, यसभन्दा अघि गत 10 अप्रेलको साँझमा पनि सिलगढी सहरको कतिपय ठाउँहरूमा असिना पानी परेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *