सिलगढी सहरमा टाँसिएको पोस्टरले राजनैतिक उथुलपुथुल शुरू, भाजपाका विधायकहरू बसे धरनामा

सिलगढी : गद्दार हटाऊ बीजेपी बचाऊँ, पुरानो बीजेपी दिच्छे डाक सिलगढीते एबार दिदिई थाक अर्थात् गद्दार हटाऊ बीजेपी बचाऊँ, सिलगढीमा टीएमसी रहोस् भन्ने जस्ता लेखिएका पोस्टरहरू सहरमा टाँसिएकोले गर्दा चुनाउको ठिक अघि यसलाई लिएर राजनैतिक उथुलपुथुल मच्चिएको छ। सिलगढी सहरभरि यस प्रकारको पोस्टरहरू टाँसिएको देखापर्नको साथै आज सिलगढी सहरमा नेताजीको सालिग नजिक भाजपाका विधायकहरूले धरना प्रदर्शन गरे। यस अवसरमा धरनामा बसेका विधायक शङ्कर घोषले भने, रातिदेखि नै यस प्रकारको पोस्टरहरू सहरमा टाँसिएको छ। सिलगढी नगरनिगम चुनाउमा आफ्नो पराजय निश्चित रहेको थाहा पाएपछि नै तृणमूल कङ्ग्रेसले रातको फाइदा उठाएर असामाजिक तत्वहरूलाई भेला गरेर सिलगढी सहरका मानिसहरूलाई डराइरहेका छन्। घटनाबारे पुलिसलाई जानकारी गराइसकेको छ भने दोषीहरूलाई चाँडै चिन्हित गरेर पक्राउ गरिनुपर्ने आफूहरूको माग रहेको तिनले बताए। यदि दोषीहरूलाई चाँडै पक्राउ नगरेको खण्डमा थानामा अभियोग दर्ता गर्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *