सिलगढ़ी शहरसहित संलग्न इलाकाहरूमा ब्याङ्कहरू बन्द 

सिलगढ़ी: ब्याङ्क इम्प्लोइज फेडरेशन अफ् इण्डियाको आह्वानमा आजदेखि डाकिएको दुईदिन व्यापी ब्याङ्क हड़तालको यता सिलगढ़ी शहरसहित संलग्न इलाकाहरूमा पनि व्यापक प्रभाव परेको छ। संगठनको तर्फबाट बारम्बार सम्पर्क गर्ने प्रयास गर्दा पनि सरकारी पक्षले कुनै जवाब नदिएको साथै सरकारले ब्याङ्क कर्मचारीहरूको समस्याबारे कुनै चासो नदिएकोले गर्दा नै अन्तमा बाध्य भएर भारतमा सबै ब्याङ्क कर्मचारीहरूको वेतन निर्धारित गरिनु पर्ने माग लगायत अन्य समस्याबारे 12 सूत्री मागलाई लिएर उक्त दुईदिने बन्द बोलाइएको बताइएको छ। उक्त बन्द अवधि निजी लगायत अन्य सबै सरकारी ब्याङकहरू पनि हड़तालमा सामेल भएको ब्याङ्क इम्प्लोइज फेडरेशन अफ इण्डियाका सदस्य श्यामल साहाले जानकारी दिएका छन्। यदि आउँदो मार्चसम्म पनि सरकार पक्षबाट कुनै सकारात्मक पहल नभएको खण्डमा आगामी 1 अप्रेलदेखि अनिश्चितकालीन हड़ताल शुरू गर्ने भएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *