सिलगढ़ीसहित उत्तर पूर्वीय क्षेत्रमा भुइँचालोको झट्का

सिलगढी: सिलगढ़ीसहित उत्तर बङ्गालका विभिन्न ठाउँहरू लगायत छिमेकी राज्य असम र नेपालको सीमावर्ती क्षेत्रहरूमा आज साँझ भुइँचालोको झट्का महसुस गरियो। आज शनिवार साँझ 6 बजेर 17 मिनटमा आएको भुइँचालोको रेक्टर स्कोल 5.0 म्याग्निट्युट रहेको साथै यसको ईपेक सेन्टर असमको राजधानी गुवाहटीदेखि 86 किलोमिटर पश्चिममा रहेको बताइएको छ। असमवाहेक मेघालय तथा अन्य उत्तर पूर्वीय राज्यहरूमा पनि भुइँचालोको झट्का महसुस गरियो। तथापि समाचार लेखुञ्जेलसम्म भुइँचालोले के कति नोक्सान भयो भन्नेबारे सटीक समाचार प्राप्त भएको छैन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *