सिलगढी सहित विभिन्न ठाउँमा भूइँचालोको झट्का महसुस

सिलगढी (निसं): आज सोमबार साँझ 6 बजेर 15 मिनटमा दार्जिलिङ जिल्ला सहित उत्तर बंगालको विभिन्न जिल्लाहरू अनि देशका अन्य केही राज्यहरूमा भूइँचालोको झट्का महसुस गरियो। प्राप्त जानकारी अनुसार उक्त भुइँचालोको तीव्रता 5.3 रेक्टर स्केल रहेको थियो। भूइँचालोको झट्का केवल देशको विभिन्न राज्यहरूमा मात्र नभएर छिमेकी देश नेपाल, भूटान, बंगलादेश, म्यांमार, चीन आदिमा पनि मानिसहरूले महसुस गरेको बताइको छ। उक्त भुइँचालेको झट्काले उत्तर बंगालमा कुनै प्रकारको विनाश नगरे तापनि अन्य ठाउँहरूमा के-कति विनाश गऱ्यो भन्नेबारे हालसम्म सटिक जानकारी प्राप्त भएको छैन। यसको साथै उक्त भुइँचालोको एपिक सेन्टर उत्तर पूर्वीय राज्य मेघालय रहेको जानकारी प्राप्त भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *