सिलगढी संलग्न शान्तिपाडाको चिल्ड्रेन पार्क खोल्नु पर्ने स्थानीय वासिन्दाहरूको माग

सिलगढी, 26 नोभेम्बर (निसं)। चिल्ड्रेन पार्क हाल नशाको अड्डा बनेको छ। रातको समयमा त्यहाँ मदपान गर्नेहरूको जमघट हुँदछ। जसको कारण इलाकावासीले अचानक बन्द गरिएको चिल्ड्रेन पार्कलाई खोल्नु पर्ने माग गरेका छन्।
स्मरण रहोस, फूलबारी 1 नम्बर ग्राम पञ्चायत अन्तर्गत शान्तिपाडामा एउटा चिल्ड्रेन पार्क रहेको छ। पहिला यस पार्कमा इलाकाका बाल-बालिकाहरू खेल्थे। यद्यपि, यो पार्क धेरै समयदेखि सामान्य रूपमा खुल्ला थियो, तर तीन महिना अघि यो चिल्ड्रेन पार्क बन्द गरियो। चिल्ड्रेन पार्क किन बन्द गरिएको हो भन्ने कुनै स्पष्ट जवाफ छैन।
स्थानीय वासिन्दाले बताए अनुसार चिल्ड्रेन पार्क बन्द भएको कारण बाहिरका मानिसहरू यहाँ आएर अड्डा जमाउन थाल्छन्। रातको समयमा चिल्ड्रेन पार्कको अगाडी नशाको महफिल जम्न थाल्छ। तर पार्क खुल्दा इलाकाका बाल-बालिका यहाँ खेल्न सक्छन् भन्ने स्थानीय मानिसहरूको भनाई रहेको छ।
यस विषयमा फूलबारी 1 नम्बर ग्राम पञ्चायतकी प्रधान सुनिता राय चक्रवर्तीले भनिन्, चिल्ड्रेन पार्कलाई टेन्डरमार्फत क्षेत्रका एकजना व्यक्तिलाई जिम्मा दिएको थियो। उनले केही दिनअघि मात्र पत्रमार्फत पार्कको सञ्चालन गर्न नसक्ने सूचना दिएका थिए। हामी यो मामिला विषयमा हेर्नेछौं।


Leave a Reply

Your email address will not be published. Required fields are marked *