सिलगढी संलग्न चामकडाँगी गाउँ बाढको चपेटमा, मेयरसहित जलपाईगढीका प्रशासनिक अधिकारीहरूले गरे निरीक्षण

सिलगढी, 4 अक्टोबर (निसं): गत केही दिनदेखि लगातार परिरहेको पानीले टिस्टा नदीको जलस्तर बढेर सिलगढी डाबग्राम 1 नम्बर ग्राम पञ्चायतको चामकडाँगीका 40 परिवार बाढको चपेटमा परेका छन्। मुख्यमन्त्रीको निर्देशनमा शुक्रबार बिहान सिलगढीका मेयर गौतम देव, जलपाईगढी जिल्ला परिषदका सदस्य मनिषा राय लगायत अन्य प्रशासनिक अधिकारीहरूले उक्त क्षेत्रको निरीक्षण गरे।
गत केही दिनदेखि पहाड र समतल क्षेत्रमा निरन्तर वर्षाको कारण टिस्टा र अन्य नदीहरूको जलस्तर बढेर गएको छ। नदीले विभिन्न ठाउँमा जमिनको कटाउ सुरु भएको छ। सिलगढी संलग्न डाबग्राम 1 नम्बर ग्राम पञ्चायतको चामकडांगी गाउँ नजिकै टिस्टा नदी बगिरहेको छ। त्यहाँको मुख्य सडक केही दिन अघि टिस्टा नदीमा समाहित भएको छ भने नदीले विस्तारै गाउँलाई समेत चपेटमा पारिरहेको छ। अधिकजसो घरहरूमा नदीको पानी पस्नको साथै घरहरूलाई क्षति पुऱ्याएकोले गर्दा हाल चामकडाँगीका धेरै परिवार सामुदायिक भवनमा आश्रय लिएर बसेका छन्।
आज सिलगढी नगर निगमका मेयर गौतम देव, जलपाईगढी जिल्ला परिषदका सदस्य मनिषा राय लगायत अन्य प्रशासनिक अधिकारीहरूले क्षेत्रको निरीक्षण गर्नको साथै बाढको चपेटमा परेका मानिसहरूलाई राहत सामग्रीहरू वितरण गरे। यस अवसरमा मेयर गौतम देवले भने, लालटोङ बस्ती र चामकडाँगी गाउँमा टिस्टा नदीले पुऱ्याएको क्षय-क्षतिबारे मुख्यमन्त्रीलाई जानकारी गराएको छ। उनले अझ भने, मुख्यमन्त्रीको निर्देशनमा प्रशासनिक अधिकारीहरूले घटनास्थलको निरीक्षण गरेर काम सुरु गरिसकेका छन्। राज्य सरकारले बाढीबाट प्रभावित मानिसहरूलाई सुरक्षित राख्नको लागि सबै प्रकारको प्रयास गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes