सिलगढी एसडीओ कार्यालयमा रक्तदान शिविर

सिलगढी : कोरोना महामारीको कारण सिलगढीको विभिन्न अस्पतालमा रगतको कमी भइरहेकोले गर्दा आज इन्डियन रेड क्रस सोसाइटी र रोटरी ब्लड ब्याङ्कको सहयोगमा सिलगढीको एसडीओ कार्यालयमा रक्तदान शिविरको आयोजना गरियो। कोरोना महामारीको कारण सिलगढीमा रगतको कमी देखा परेकोले सिलगढी जिल्ला अस्पतालमा रगतको संकट दूर गर्नको लागि अस्पताल प्रन्बधनको तर्फबाट सूचित गरिएकोले गर्दा आज उक्त शिविरको आयोजना गरिएको सिलगढीका महकुमाशासक सुमन्त सहायले बताए। यस्तो परिस्थितिमा सिलगढीको विभिन्न स्वयंसेवी संगठनहरूलाई रक्तदान शिविर आयोजना गर्ने तिनले आहवान गरे। यसको साथै साधारण मानिसहरूलाई पनि तिनले रक्तदान गर्ने आहवान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *