सिलगढी सेभोक रोडको रिलायन्स स्मार्ट स्टोरमा लाखौं रूपियाँको चोरी, म्यानेजर सहित 2 जना पक्राउ

सिलगढी, 3 सेप्टेम्बर (निसं): सिलगढीको सेभोक रोडस्थित रिलायन्स स्मार्ट स्टोरमा लाखौं रुपियाँ चोरी गरेको आरोपमा पुलिसले म्यानेजर सहित एकजना स्टाफलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरू म्यानेजर सुब्रतो घोष (34) र स्टाफ तापस पोद्दार (25) सामेल छन्। यसैगरी, स्टोरको एकजना सुरक्षा कर्मी भागेको बताइएको छ। पुलिसले तिनको खोजी गरिरहेको छ।
प्राप्त जानकारी अनुसार, आइतबार राति एकजना व्याक्ति बुरखा ओढेर शोरूममा पसे। यसपछि शोरूमको स्टोर रूममा लुके। शोरूम बन्द भएपछि तिनले शोरूमबाट निक्लिएर पहिला एक-एक गर्दै शोरूमको सबै सीसीटीभी क्यामेराको तार काटिदिए। यसपछि क्यास बक्स भत्काएर नगद लगभग 4 लाख रुपियाँ अनि सीसीटीभी-को डीभीआर चोरी गरेर फेरि स्टोर रूममा गएर लुके। यसपछि सोमवार शोरूम खोलेपछि मौका हेरेर तिनी रूपियाँ अनि डीभीआर लिएर आरामसित निक्लिए। अर्कोतिर, स्टोर प्रबन्धनले शोरूममा चोरी भएको सूचना पाउन साथ तिनले भक्ति नगर थानामा यसबारे अभियोग दर्ता गरे। यसपछि पुलिसले मामिलाको जाँच गर्दै रिलायन्स स्मार्ट स्टोरका म्यानेजर सुब्रतो घोष र तापस पोद्दारलाई सोधखोज गर्नका लागि हिरासतमा लिए अनि सोधखोज गरेपछि तिनीहरूलाई पक्राउ गरेको छ। तिनीहरूलाई अदालतमा आज पेश गरेपछि पुलिसले चोरी घटनाको गाँठो खोल्न दुवैलाई हिरासतमा लिएको छ। अर्कोतिर, स्टोरको सुरक्षा कर्मी निखोज भएपछि पुलिस तिनको खोजीमा जुटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes