सिलगढी सेभोक रोडस्थित बहुतले भवनमा आगलागी

सिलगढी : सिलगढीको सेभोक रोड संलग्न 40 नम्बर वार्डस्थित एउटा बहुतले भवनमा आगलागी भएको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार आज दिउँसो लगभग 12 बजीतिर उक्त बहुतले भवनबाट कालो धुँवा निस्केको देखेपछि इलाकाका मानिसहरूले दमकल विभागलाई खबर दिए। घटनाको खबर पाएर दमकलको 2 वटा इञ्जिन र भक्तिनगर थाना पुलिस घटनास्थलमा पुगे। दमकल कर्मीहरूले लगभग 1 घण्टाको कठोर प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्यायो। उक्त आगलागीको घटनामा कसैको ज्यानलाई कुनै क्षति नभएको जलपाईगढी डिस्ट्रिक फायर अफिसर प्रदीप सरकारले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *