सिलगढी सेभोक रोडको चर्चित मलमा स्पाको नाममा देह व्यापार, एकजना व्यक्ति पक्राउ, 3 महिला उद्धार

सिलगढी : स्पाको नाममा देह व्यापार चलाएको आरोपमा सिलगढीको पानीट्याङ्की आउटपोस्ट पुलिसले एकजना व्यक्तिलाई पक्राउ गर्नको साथै 3 जना महिलालाई उद्धार गरेको छ। पक्रा परेका व्यक्ति अमित शीलको रूपमा चिन्हित गरिएको छ। पुलिसले आज तीनजना महिला सहित पक्रा परेका व्यक्तिलाई सिलगढी अदालतमा पेश गर्यो। प्राप्त जानकारी अनुसार गत राति सेभोक रोडस्थित एउटा मलमा स्पा सेलुनको नाममा देह व्यापार चलाएको खबर पाएपछि पानीट्याङ्की आउटपोस्टका ओसीको नेतृत्वमा पुलिसले उक्त स्पामा अभियान चलाएर अमित शील (ग्राहक) नाम गरेको एकजना व्यक्तिलाई पक्राउ गर्नको साथै 3 जना महिलालाई उद्धार गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त स्पाका  मालिक राजेश कुमार सिंह हुन् भने हाल पुलिसले तिनको खोजी शुरू गरेको छ। स्मरण रहोस्, कोलकाता हाई कोर्टको निर्देशिका अनुसार यदि कुनै पनि स्पामा देह व्यवसाय चलाएको आरोपमा महिला फेला परेको खण्डमा तिनलाई पीडिता मानिने भएकोले गर्दा पक्राउ नगरेर उद्धार गरिनेछ। यसैले गर्दा पानीट्याङ्की आउटपोस्ट पुलिसले उक्त स्पाबाट 3 जना महिलालाई उद्धार गरेको जानकारी गराएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *