सिलगढी सेभोक रोडमा अचानक लड्यो रूख, टोटो र स्कूटी क्षतिग्रस्त

सिलगढी (निसं) : सिलगढीको सेभोक रोडमा आज एउटा ठूलो रूख अचानक सडकमा लड्दा मानिसहरू भाग्यले बाँचे। तथापि, रूख लडेर एकजना युवतीलाई सामान्य चोट लागेको छ। यसैगरी, रूख लडेर लाग्दा एउटा टोटो र स्कूटी पूर्णरूपले क्षतिग्रस्त भएको छ। प्राप्त जानकारी अनुसार आज बिहान अचानक सिलगढीको भक्ति नगर थाना अन्तर्गत सेभोक रोड डनबस्को मोडस्थित एउटा बुढो रूख लडेर टोटो अनि स्कूटीमाथि पल्टियो। रूख लड्न साथ छेउछाउमा रहेका सबैजना मानिसहरू त्यहाँबाट भागेर ज्यान बचाए भने एकजना युवतीलाई सामान्य चोट लागेपछि तिनलाई प्राथमिक चिकित्साको लागि नजिकको एउटा गैर सरकारी अस्पतालमा लगियो।  


अर्कोतिर, मुल सडकमा नै रूख लडेको खबर पाउन साथ भक्ति नगर थाना अनि ट्राफिक पुलिस घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा ल्याउनको साथै सडक आवत-जावतमा कुनै प्रकारको असुविधा नहोस् भनेर मानिसहरूको सहयोगमा तत्कालै सडकबाट रूखलाई हटायो।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *