सिलगढी सिख युथ फोरम-द्वारा 13औँ कोरोना भ्याक्सिन क्याम्पको आयोजना

सिलगढी :  सिलगढीको संगठन सिख युथ फोरम-को तर्फबाट आज 13औँ कोरोना भ्याक्सिन क्याम्पको आयोजना गरियो। सिलगढीको सिख फोरमका अध्यक्ष गोल्डी सिंह खालसाले बताएअनुसार उक्त क्याम्पमा आज लगभग 800 भन्दा अधिक मानिसहरूलाई कोरोनाको खोप लगाइयो। संगठनको तर्फबाट यसभन्दा अघि पनि एक दिनमा 1400 भन्दा अधिक मानिसहरूलाई निःशुल्क भ्याक्सिन लगाएर रेकर्ड गरेका थिए। सिलगढी नगरनिगम एवम् पश्चिम बंगाल राज्य सरकारको स्वास्थ्य विभागको सहयोगमा उक्त कार्य भइरहेको तिनले बताए। कार्यक्रममा सिलगढी सिख युथ फोरमका कार्यकर्ताहरू लगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *