सिलगढी एसएनटीको विवादास्पद जमीनको सिक्किम परिवहन विभागका मन्त्रीद्वारा निरीक्षण

गान्तोक : सिलगढीस्थित सिक्किम राष्ट्रियकृत परिवहन तथा एसएनटी परिसरको विवादास्पद जमीनको सिक्किम सरकारको यातायात विभागका मन्त्री सञ्जीत खरेलले आज निरीक्षण गरे। यसको साथै मन्त्रीले एसएनटी परिसरमा भएको सरकारी भवनको पनि निरीक्षण गरे। उक्त भवनलाई पर्यटकहरूको निम्ति थप सुविधा उपलब्ध गराउने साथै यसको अझ सुन्दरीकरण गरिनुपर्ने विषयमा तिनले यहाँका अधिकारीहरूसित चर्चा परिचर्चा गरे। उल्लेखनीय छ, सिक्किम राज्यको पूर्व एसडीएफ सरकारकालमा यहाँको जमीन विवादमा परेको थियो। यस अवसरमा एसएनटी विभागका महाप्रबन्धक कर्मा नामग्याल भुटिया, सह प्रबन्धक भुपेन्द्र छेत्री, सिलगढ़ी एसएनटी विभागका उच्च अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *