सिलगढी सुभाषपल्लीस्थित घरमा राखेको बाइकमा आगलागी

सिलगढी : सिलगढी सुभाष पल्लीको हातीमोड़ नडित एउटा घरमा राखेको बाइकमा आगो लाग्दा इलाकामा सनसनी मच्चिएको छ। प्राप्त जानकारीअनुसार आज साँझ सिलगढी नगरनिगम अन्तर्गत पर्ने 19 नम्बर वार्डको सुभाष पल्ली इलाकामा स्थानीय मानिसहरूले अचानक एउटा घरबाट धुँवा निस्केको देखेपछि घटनाबारे दमकल विभागलाई खबर दिए। आगलागीको खबर पाएर दमकलको  वाहन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्यायो। तथापि, उक्त आगलागीको घटनामा कसैको ज्यानलाई कुनै क्षति नभएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *