सिलगढी सूर्यसेन कोलनीको दुईवटा दोकानमा आगलागी

सिलगढी : सिलगढी सूर्यसेन कोलनीको डी ब्लकमा गत अबेर राति आगलागी हुँदा दुईवटा दोकान जलेर खरानी भएको छ। प्राप्त जानकारीअनुसार गत राति एउटा पान दोकान र एउटा लुगा दोकानमा आगलागी हुँदा दोकानमा रहेको सबै समानहरू जलेर खरानी भएको बताइएको छ। आज बिहान स्थानीय मानिसहरूले घटनाबारे खबर दिएपछि दोकान मालिकहरू घटनास्थलमा पुगेर पुलिसलाई खबर दिए। घटनाको खबर पाएर न्यु जलपाईगढी थाना पुलिस घटनास्थलमा पुगेर छानबीन शुरू गरेको छ। स्थानीय कोही उक्त घटनामा सामेल हुनसक्ने पीडित दोकान मालिकहरूले अनुमान लगाउँदै आरोपीलाई पक्राउ गरेर कठोर सजाय दिइनुपर्ने माग पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *