सिलगढी सूर्यसेन समाज कल्याण संस्थाद्वारा रक्तदान उत्सवको आयोजना गर्ने

सिलगढी : सिलगढी सूर्यसेन समाज कल्याण संस्थाको तर्फबाट उत्तरबंग व्यापी यात्राको माध्यमद्वारा स्वेच्छा रक्तदान उत्सवको आयोजना गरिने भएको छ। सिलगढी जर्नलिस्ट क्लबमा आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर सूर्यनगर समाज कल्याण संस्थाका सदस्यहरूले यसबारे जानकारी गराए। यस अवसरमा सूर्यनगर समाज कल्याण संस्थाका सभापति तपन उदय सरकारले बताएअनुसार सात दिन व्यापी चल्ने उक्त रक्तदान उत्सव आगामी 20 जनवरीदेखि शुरू भएर 26 जनवरीसम्म चल्नेछ। कोरोना परिस्थितिलाई ध्यानमा राखेर भिन्नै प्रकारले उक्त रक्तदान उत्सवको आयोजना गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *