सिलगढी थानाको पहलमा फुटबल टुर्नामेन्टको आयोजना

सिलगढी (निसं): पुलिस र साधारण मानिसहरूमाझको सम्बन्ध अझ बलियो बनाउने उद्देश्य लिएर आज फुटबल टुर्नामेन्टको आयोजना गरियो। सिलगढी थानाको पहलमा 4 वटा टोलीको साथमा सिलगढी पुलिस कमिश्नर कप आज सूर्यनगर मैदानमा आयोजना गरियो। उक्त टुर्नामेन्टमा सिलगढी थाना अन्तर्गत स्वस्तिका युवक संघ, तराई मर्निङ, भीएनसी मर्निङ सकार र सिलगढी कोची भेटरेनले अंश ग्रहण गरेको थियो। यस अवसरमा सिलगढी थाना अन्तर्गत ओसी अमर्त्य चक्रवर्ती, जिल्ला विद्यालय स्कुल स्पोर्ट्सका अध्यक्ष मदन भट्टाचार्य उपस्थित थिए। मदन भट्टाचार्यले भने, साधारण मानिसहरू र पुलिस माझको सम्बन्ध राम्रो बनाउने उद्देश्यले उक्त पहल गरेको हो। उक्त टुर्नामेन्टमा विजय बनेका टीमले आगामी दिनमा पुलिस कमिश्नरेट मैदानमा आयोजित अन्तिम चरणको खेलमा अंश ग्रहण गर्नेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *