सिलगढ़ी थानामा स्वास्थ्य जाँच शिविरको आयोजना

सिलगढ़ी : सिलगढ़ी पुलिस थाना, किन्स अस्पताल अनि सेन्टर फर आई साइट-को संयुक्त पहलमा आज सिलगढ़ी थानामा एउटा स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। उक्त शिविरमा पुलिस कर्मी तथा अन्य मानिसहरूले आ-आफ्नो स्वास्थ्य जाँच गराए। आयोजक कार्यकर्ताहरूले दिएको जानकारी अनुसार पुलिसकर्मीहरू आफ्नो कामलाई लिएर सधैं व्यस्त रहनु पर्ने भएकोले गर्दा तिनीहरूले आफ्नो शरीर तथा स्वास्थ्यलाई ध्यान दिँदैनन्। यसले गर्दा तिनीहरूलाई विभिन्न प्रकारको विमारी हुने गर्दछन्।


यसैले गर्दा पुलिस कर्मीहरूको समस्यालाई विशेष ध्यानमा राखेर यस शिविरको आयोजना गरिएको बताइएको छ। आजको जाँच शिविरमा ब्लड प्रेशर, नेत्र जाँच, ओजनसहित अन्य विविध रोग सम्बन्धी स्वास्थ्य जाँच गराउनको साथै निशुल्क दबाईहरू पनि तिनीहरूलाई वितरण गरियो। प्राप्त जानकारी अनुसार शिविरमा मोठ 63 जनाले आँखाको जाँच अनि अन्य 72 जनाले ब्लड प्रेशर, ओजन साथै अन्य बिमारको जाँच गराए। उक्त शिविरको आयोजनाले पुलिसकर्मीहरू औधी खुशी भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *