सिलगढी थाना पुलिसद्वारा भिन्न-भिन्नै मामिलामा 6 जना पक्राउ

सिलगढी: सिलगढी थाना पुलिसले एकै रातमा तीन भिन्न-भिन्नै मामिलामा 6 जनालाई पक्राउ गरेको छ। घटनाक्रम अनुसार सिलगढी थाना पुलिसले महात्मा गाँधी चौक नजिक नाका चेकिङ अवधि तपन सरकार उर्फ आरिफ खान नाम गरेका एकजना व्याक्तिलाई तिनको ब्यागबाट 20 बोतल प्रतिबन्धित कफ सिरप उद्धार गरेपछि पक्राउ गरेको छ। यसैगरी, सुभाषपल्ली इलाकाको एउटा घरमा गत 26 मार्चको दिन भएको चोरी मामिलामा तीनजना चोरलाई पक्राउ गरेको छ।  पुलिसले तिनीहरूबाट चोरी गरेको सामानहरू पनि उद्धार गरेको छ। अर्कोतिर, सिलगढी पुलिसले गत 12 मार्चमा पक्रिएको बदमाशहरूको दलबाट भागेका दुईजना आरोपी मुकेश महतो भाई र विप्लव रायलाई फूलेश्वरीको जोड़ापानी ब्रीजबाट पक्राउ गरेको छ। आज पक्रा परेका सबै 6 जना आरोपीलाई विभिन्न धाराहरू अन्तर्गत मामिला दर्ता गरेर अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *