सिलगढी टाइगर्स राउन्ड टेबलद्वारा किड्स साइक्लोथन कार्यक्रम गरिने

सिलगढी: सिलगढी टाइगर्स राउन्ड टेबलको आयोजनामा 5 देखि 15 वर्षसम्मका बाल-बालिकाहरूलाई लिएर किड्स साइक्लोथन कार्यक्रम गरिने भएको छ। आगामी 26 जनवरी यो कार्यक्रम सिलगढीको उत्तरायणमा आयोजित हुने भएको छ। आज सिलगढी जर्नलिस्ट्स क्लबमा एउटा पत्रकार सम्मेलन गरेर प्रोजेक्ट चेयरम्यान विशाल गोयलले यसबारे जानकारी दिएका छन्। उक्त प्रतियोगितामा अंश ग्रहण गर्नको लागि रेजिस्ट्रेशन शुल्क 500 रूपियाँ रहेको छ भने विजयी हुनेहरूलाई पुरस्कार स्वरूप साइकल प्रदान गरिने छ। नानीहरूको लागि फूड कुपन तथा गिफ्ट भाउचर पनि रहेको छ। प्रतियोगितामा लगभग 200 प्रतियोगीले भाग लिइने बताइएको छ। यसको साथै उमेर अनुसार एकदेखि डेढ़ किलोमिटर अनि दुईदेखि अढाई किलोमिटर साइकल प्रतियोगिताको पनि आयोजना गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *