सिलगढी टाइम्सको पहलमा रक्तदान शिविरको आयोजना

सिलगढी : कोरोना महामारीको कारण सिलगढीमा पनि रगतको कमी भइरहेको जानकारी पाएपछि यसको निम्ति सिलगढी टाइम्स अघि आएको छ। सिलगढी सहरका विभिन्न वार्डहरूमा आजदेखि रक्तदान शिविरको आयोजना शुरू गरेको छ। सिलगढी तराई लायन्स ब्लड ब्याङ्क,  सिलगढी रोटरी ब्लड ब्याङ्क र रङ्गीत राइसको सहयोगमा सिलगढी टाइम्सको तर्फबाट नगरनिगमको 47 वटा वार्डमा रक्तदान शिविरको आयोजना गरिने कार्यक्रम रहेको छ भने आज पहिलो दिन 9 नम्बर वार्डमा रक्तदान शिविरको आयोजना गरियो। उक्त शिविरको उद्घाटन दार्जिलिङ जिल्ला तृणमूल अध्यक्ष रञ्जन सरकारले गरे। शिविरमा वार्ड को-अडिनेटर प्रदीप गोयलले शुरूदेखि अन्तसम्म सहयोग पुर्‍याएका थिए। यसैगरी, आज शिविरमा वार्डका धेरैजना मानिसहरूले उत्साहित बनेर रक्तदान गरे। आगामी दिनहरूमा पनि रगतको समस्या पुरा गर्नको लागि सिलगढी टाइम्सको तर्फबाट अन्य वार्डहरूमा पनि यस्तै शिविरहरूको आयोजना गरिने भएको छ। यदि तपाईँ पनि रक्तदान गर्न इच्छुक हुनुहुन्छ भने आफ्नो नाम, वार्ड नम्बर, ब्लड ग्रुप   उक्त 9933660027 नम्बरमा पठाउन सक्नु हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *