सिलगढी टाउन 2 तृणमूल युवा कङ्ग्रेसको तर्फबाट डे-नाइट फुटबल टुर्नामेन्टको आयोजना

सिलगढी : खेला होबे दिवसको उपलक्ष्यमा सिलगढी टाउन 2 तृणमूल युवा कङ्ग्रेसको तर्फबाट सिलगढी नगरनिगमको 23 नम्बर वार्डको बलाका क्लब मैदानमा एक दिवसीय डे-नाइट फुटबल टुर्नामेन्टको आयोजना गरिएको छ।


उक्त टुर्नामेन्टमा तृणमूलका धेरैजना नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। तृणमूल नेता मदन भट्टाचार्यले बताएअनुसार आज राज्यभरिमै खेला होबे दिवस पालन गरिरहेको छ। यस अवसरमा बलाका क्लब मैदानमा फुटबल टुर्नामेन्टको आयोजना गरिएको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *