सिलगढी टाउन स्टेशनलाई हेरिटेजको रूपमा सजाइने योजना: मेयर गौतम देव

सिलगढी: सिलगढी नगर निगमको वार्ड नम्बर 28 मा विभिन्न विकास कार्यहरूसहित वार्ड संलग्न सिलगढी टाउन स्टेशनलाई हेरिटेजको रूपमा सजाइने योजना सिलगढी नगर निगमका मेयर गौतम देवले बनाएका छन्। मेयर गौतम देवले आज वार्ड नम्बर 28 मा पार्षद कार्यालयको उद्घाटन कार्यक्रममा पनि अंश ग्रहण गरे। यस अवसरमा डिप्टी मेयर रञ्जन सरकार, चेयरम्यान प्रोतुल चक्रवर्ती, वार्ड पार्षद संप्रीता दास, मदन भट्टाचार्य आदि उपस्थित थिए। पार्षद कार्यालयको उद्घाटन समारोह पछि मेयर गौतम देवले पत्रकारहरूसितको कुराकानीमा यस वार्डलाई लिएर नगर निगमले विभिन्न कार्यहरू तथा समस्याको समाधान गर्ने विचार गरेको जानकारी गराए। यसको साथै सिलगढी टाउन स्टेशनलाई हेरिटेज साइट बनाउने पनि योजना रहेको जानकारी दिँदै यसबारे मुख्यमन्त्री ममता ब्यानर्जीसित कुरा गरेर रेलवेलाई यसबारे प्रस्ताव दिइने तिनले बताए। यस वाहेक, वार्ड नम्बर 28 मा बाबासाहेव भीमराव अम्बेडकर र देशबन्धु चित्तरञ्जनको प्रतिमा पनि लगाइने मेयरले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *