सिलगढी टाउन स्टेशनबाट व्यक्तिको शव उद्धार

सिलगढी :  सिलगढी टाउन स्टेशनबाट एकजना व्यक्तिको मृतदेह उद्धार भएको छ। मृतक व्यक्ति राना बस्ती इलाका निवासी 55 वर्षीय मोहम्मद मीर हुसेनको रूपमा चिन्हित गरिएको छ। मृतकका परिवारका सदस्यहरूले बताएअनुसार गत 4 दिनअघि मोहम्मदले रक्सी पिउने पैसा माग्दा घरका सदस्यहरूले नदिएपछि रिसले घरबाट निस्केका थिए। गत केही दिनदेखि तिनी टाउन स्टेसनमा देखिए तापनि आज साँझ टाउन स्टेशनमा स्थानीय मानिसहरूले तिनको मृतदेह देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएपछि पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि अस्पतालमा पठाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *