सिलगढी टाउन तृणमूल छात्र परिषद-द्वारा भोजन वितरण

सिलगढी : सिलगढी टाउन तृणमूल छात्र परिषद्को तर्फबाट आज बाघाजतीन पार्क अघि लगभग 4 सयजना आवश्यकमन्द मानिसहरूलाई भोजन वितरण गरियो। आगामी दिनमा पनि यस प्रकारको कार्य लगातार जारी राख्ने तिनीहरूले बताए। सिलगढी टाउन तृणमूल छात्र परिषद्ले कोरोना महामारीको समयमा विविध समाजमूलक कार्यहरू गर्दै आइरहेको छ। उक्त परिषद्ले कोरोना संक्रमितहरूको घरमा अक्सिजन परिसेवा प्रदान गर्नको साथै भोजन समेत पुर्‍याइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *