सिलगढी टाउन तृणमूल छात्र परिषदले ‘माँ किचन’-को माध्यमद्वारा आवश्यकमन्दहरूलाई भोजनको व्यवस्था

सिलीगढी : सिलगढी टाउन तृणमूल छात्र परिषदले माँ किचन-को माध्यमद्वारा आज सिलगढीको बाघाजतिन पार्कमा आवश्यकमन्द मानिसहरूलाई भोजन उपलब्ध गरायो। यस अवसरमा सिलगढी नगरनिगमका प्रशासक गौतम देव उपस्थित थिए। यसको साथै नगरनिगमका सफाई कर्मीहरूलाई दैनिक आवश्यक समान तथा सुक्खा खानेकुरो प्रदान गरियो। कोरोना महामारीमा राज्यमा जारी आंशिक लकडाउनले गर्दा धेरैजना मानिसहरू समस्यामा परेकोले गर्दा आज उक्त पहल गरेको बताइएको छ। सिलगढी टाउन तृणमूल छात्र परिषदको तर्फबाट प्रतिदिन लगभग 400 सय मानिसहरूलाई भोजन वितरण गरिरहेको छ। यस अवसरमा गौतम देवले भने, कोरोना परिस्थितिले गर्दा हल मानिसहरू समस्यामा छन्। अर्थव्यवस्थामा धेरै नोक्सान भइरहेको छ। यस्तो परिस्थितिमा छात्र तथा युवाहरू गरिएको उक्त पहल सराहनी रहेको बताउँदै तिनीहरूलाई धन्यवाद दिए। यस अवसरमा गौतम देव बाहेक प्रशासक बोर्डका सदस्य रञ्जन सरकार, उत्तरबंग मेडिकल कलेज तथा अस्पतालका डीन डा. सन्दीपन सेनगुप्तसमाजसेवी समीरन साहा, अनुप सरकार लगायत अन्य मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *