सिलगढी टाउन तृणमूल कङ्ग्रेस 1 र 2-द्वारा ग्यास सिलेन्डरको मूल्य वृद्धिविरुद्ध धरना

सिलगढी : पेट्रोल-डीजल लगायत ग्यास सिलेन्डरको मूल्य वृद्धिको विरोधमा तृणमूल कङ्ग्रेसले राज्यभरिमै प्रतिवाद जनाइरहेको छ। आज सिलगढीको जङ्क्सनस्थित पेट्रोल पम्प नजिक सिलगढी टाउन तृणमूल कङ्ग्रेस 1 र 2-को तर्फबाट धरना प्रदर्शन गरियो। उक्त धरना प्रदर्शनमा पार्टीका नेता तथा कार्यकर्ताहरू सामेल थिए। यस अवसरमा तृणमूल नेता तथा सिलगढी नगरनिगमका प्रशासक गौतम देवले ग्यास सिलेन्डरलाई फुल माला लगाइदिएर दाउराको चुल्हामा खाना पकाउँदै विक्षोभ प्रदर्शन गरे।


सिलगढी नगरनिगम र डाबग्राम फुलबारीको सडकहरूमा तृणमूलद्वारा धरना प्रदर्शन गरेको साथै आगामी दिनमा जन आन्दोलन लगायत ठाउँ-ठाउँमा पेट्रोल-डीजल लगायत ग्यास सिलेन्डरको मूल्य वृद्धिको प्रतिवाद जनाउने तिनले बताए। आजको धरना प्रदर्शनमा नगरनिगमका चेयरम्यान गौतम देव, प्रशासक बोर्डका सदस्य रञ्जन सरकार लगायत पार्टीका अन्य कार्यकर्ता तथा समर्थकहरू सामेल थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *