सिलगढी ट्राफिक पुलिसद्वारा बाइक र्‍यालीको आयोजना

सिलगढी : सेभ ड्राइभ सेफ लाइफ-बारे मानिसहरूलाई सचेतन गराउने उद्देश्य लिएर सिलगढी पुलिस कमिश्नरेट एवम् सिलगढी ट्राफिक पुलिसको पहलमा आज बाइक र्‍यालीको आयोजना गरियो। उक्त र्‍याली सिलगढी एयरभ्यु मोडदेखि शुरू भएर सहरको मुख्य मार्गहरूको परिक्रमा गर्यो। यस अवसरमा ट्राफिक पुलिसको एडीसीपी पुर्णिमा शेर्पाले सडक दुर्घटनामा रोकथाम गर्ने साथै ट्राफिक नियमबारे साधारण मानिसहरूलाई सचेतन गर्ने उद्देश्य लिएर आज सिलगढी पुलिस कमिश्नरेट एवम् सिलगढी ट्राफिक पुलिसको पहलमा बाइक र्‍यालीको आयोजना गरिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *