सिलगढी ट्राफिक पुलिसद्वारा मानिसहरूलाई ट्राफिक नियमबारे सचेतन

सिलगढी : वर्षाको समयमा प्रायःजसो सड़क दुर्घटनाहरू हुने गरेकोले गर्दा सिलगढी ट्राफिक पुलिसले आज मानिसहरूलाई ट्राफिक नियमबारे सचेतन गराए। आज बिहान चम्पासरी पोइन्टमा तैनाथ ट्राफिक पुलिसकर्मीहरूले उक्त सडक भएर आवत-जावत गर्ने मानिसहरूलाई ट्राफिक नियमबारे जानकारी गराउँदै नियम पालन गर्ने आहवान पनि गरे। चालक तथा सडकमा आवत-जावत गर्नेहरूलाई रेड लाइट, यल्लो लाइट र ग्रीन लाइट लगायत जेब्रा क्रसिङबारे जानकारी गराए। यस अवधि धेरैजना मानिसहरूले सिलगढी मेट्रोपोलिटनको ट्राफिक पुलिसको उक्त पहललाई सरहानीय कदम रहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *