सिलगढी युनिक सोशल वेलफेयर सोसाइटीद्वारा 2 रूपियाँमा आवश्यकमन्द मानिसहरूलाई लुगा

सिलगढी: दुर्गा पुजा आउन अब केही दिन मात्र रहेको छ। यसैले सिलगढी युनिक सोशल वेलफेयर सोसाइटीको तर्फबाट आवश्यकमन्द मानिसहरूको लागि केवल 2 रूपियाँमा लुगा प्रदान गरियो। सिलगढी युनिक सोशल वेलफेयर सोसाइटीको वाहन अहिले सिलगढीको विभिन्न ठाउँहरूमा घुमेर आवश्यकमन्द महिला, पुरूष तथा नानीहरूको लागि मात्र 2 रूपियाँमा लुगाहरू प्रदान गर्दै आइरहेको छ। लुगाको मूल्य  केवल 2 रूपियाँ किन रहेकोबारे सोधिएको प्रश्नको जवाबमा सोसाइटीको राकेश दत्तले भने, मानिसहरूलाई लुगा दानमा दिएको भन्ने महसुस नहोस् भन्ने उद्देश्य लिएर नै यसको कम मूल्य मात्र 2 रूपियाँ तोकिएको छ। दुर्गा पुजाको समयमा सबैको अनुहारमा खुसी ल्याउनको लागि यस प्रकारको पहल गरिएको हो।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *