सिलगढी विवेकानन्द रोडमा सुलभ शौचालयको निर्माण

सिलगढी : सिलगढी नगरनिगमको 8 नम्बर वार्ड कमिटीको पहलमा विवेकानन्द रोडमा एउटा सुलभ शौचालयको निर्माण गरिएको छ। आज वार्ड कमिटीको तर्फबाट उक्त सुलभ शौचालयको उद्घाटन गरियो। सिलगढी नगरनिगम अन्तर्गत पर्ने 7, 8 र 9 नम्बर वार्डका व्यवसायीहरूले धेरै समय अघिदेखि शौचालयको माग गर्दै आइरहेका थिए। यसैले तिनीहरूको मागलाई ध्यानमा राख्दै  सिलगढी नगरनिगमको 8 नम्बर वार्ड कमिटीको पहलमा उक्त शौचालय निर्माण गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *