सिलगढीवासीको पिउने पानीको समस्याको चाँडै समाधान हुनेछ : मेयर गौतम देव

सिलगढी : सिलगढीवासीहरूले पिउने पानीको समस्याबाट निजात पाउने भएका छन्। गजोलडोबाबाट पानी ल्याएर शुद्ध गरेर सहरवासीहरूको हितमा उपयोग गरिरहेको छ। सिलगढी नगरनिगमको मासिक सत्रमा मेयर गौतम देवले यसबारे जानकारी गराए। आज नगरनिगमको सभाकक्षमा मासिक सत्रको आयोजना गरियो। यस मासिक सत्रमा विपक्षी पार्षदहरूले विभिन्न मुद्दाहरू उठाए। वाम र भाजपा पार्षदहरूले काममा भेदभाव गरिरहेको आरोप लगाए। तथापि, मेयर गौतम देवले विकासको नाममा कुनै भेदभाव भएको छैन। मेयर गौतम देव भने, सिलगढीको विकासको लागि राज्य सरकारको तर्फबाट केही परियोजनाहरू बनाएको छ। सहरवासीको सबैभन्दा ठुलो समस्या पिउने पानी रहेकोले यसको चाँडोभन्दा चाँडो समाधान गरिनेछ। यस परियोजनाको लागि राज्य सरकारले अगावै राशि आवन्टित गरिसकेको छ। सौन्दर्यीकरणको उद्देश्यले केही परियोजनाहरू ल्याइसकेको छ। सहरमा सर्कुलर रोड बनाउने राज्य सरकारले सोच राखेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *