सिलगढी वेलफेयर अर्गनाइजेशन-द्वारा विभिन्न माग लिएर विरोध प्रदर्शन

सिलगढी : कोरोना संक्रमितहरूको संख्या राज्यभरिमै लगातार बढ्दै गइरहेको छ। यस्तो परिस्थितिमा सिलगढी वेलफेयर अर्गनाइजेशनले स्वास्थ्य प्रणालीमा सुधार ल्याउने मागलाई लिएर आज सिलगढीमा एउटा विरोध र्‍याली निकाल्यो। आज संगठनका सदस्यहरूले विभिन्न मागलाई लिएर सिलगढीको हस्पिटल मोडमा विरोध प्रदर्शनी गरे। यहाँको विभिन्न क्वारेन्टाइन सेन्टरहरूमा भोजनको कमी रहेकोले त्यहाँ पर्याप्त मात्रामा निःशुल्क भोजनको व्यवस्था गरिनुपर्ने लगायत विभिन्न मागहरूलाई लिएर संगठनले आवाज उठाए। कोरोना भाइरसलाई लिएर मानिसहरूको मनबाट डर हटाउनको लागि सरकारी रूपमा संस्थानहरूको स्थापना गरिनुपर्ने साथै कोरोना पीड़ित परिवारलाई हेलाहोचो नगरेर सहयोग गर्नुपर्ने तिनीहरूले बताए। यस प्रदर्शन अवधि संगठनको तर्फबाट तिनीहरूले अन्य विभिन्न मागहरू पनि गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *