सिलगढी यादव समितिद्वारा श्रीकृष्ण जन्माष्टमीमा विभिन्न कार्यक्रम गरिने

सिलगढी (निसं): श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा सिलगढी यादव समितिको तर्फबाट आगामी 19 र 20 अगस्तको दिन विभिन्न कार्यक्रमहरूको आयोजना गरिने भएको छ। आज बुधवार सिलगढी जर्नलिस्ट क्लबमा पत्रकार सम्मेलन गरेर सिलगढी यादव समितिका सदस्यहरूले यसबारे जानकारी दिएका छन्। सिलगढी यादव समितिका उत्तम घोषले भने, गत वर्षहरूमा झै यस वर्ष पनि श्रीकृष्ण जन्माष्टमी धूमधामसित मानइने छ। दुई दिन अर्थात 19 र 20 अगस्तको दिन विभिन्न सांस्कृतिक कार्यक्रम आयोजित गरिने छ, जसमा सिट एन्ड ड्र प्रतियोगिताको पनि आयोजना गरिने छ। यस अवसरमा लगभग 200 वटा विभिन्न प्रजातिका रूखका विरूवाहरू पनि वितरण गरिने छ। यसको साथै समाजका विशिष्ट व्याक्तिहरूलाई सम्मानित गर्नको साथै प्रसाद वितरण गरिने छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *