सिलगढी युवा जागृति संघ-द्वारा बस अनि चित्र बनाऊ प्रतियोगिताको आयोजना

सिलगढी : सिलगढी युवा जागृति संघको तर्फबाट खालपाड़ाको अग्रसेन भवनमा आज बस अनि चित्र बनाऊ प्रतियोगिताको आयोजना गरियो। प्रोजेक्ट चेयरम्यान विकास अग्रवालको नेतृत्वमा बस अनि चित्र बनाऊ प्रतियोगिताको आयोजना गरिएको हो। उक्त प्रतियोगितामा लगभग 75 जना प्रतियोगीहरूले अंश ग्रहण गरेका थिए। 4 देखि 8 वर्षको लागि ग्रुप ए, 8 देखि 12  वर्षसम्मको लगि ग्रुप बी र 12 देखि 16 वर्ष सम्मको लागि ग्रुप सी गरेर प्रतियोगीहरूलाई 3 वर्गमा विभक्त गरिएको थियो। तीनवटा ग्रुपमा पहिलो, दोस्रो र तेस्रो स्थान ओगट्ने प्रतियोगीहरू लगायत सबै प्रतियोगीहरूलाई सान्तवना पुरस्कार तथा प्रमाण पत्र प्रदान गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *