सिलगढी : उत्तरबंग सांस्कृतिक परिषद्को सञ्चालनमा सिलगढीमा 5 दिन व्यापी नाट्य उत्सवको आयोजना गरिने भएको छ। सिलगढीको दीनबन्धु मञ्चको रामकिङ्कर हलमा पत्रकार सम्मेलनको आयोजना गरेर मेयर तथा दीनबन्धु मञ्चको एडभाइजरी कमिटीका चेयरम्यान गौतम देवले यसबारे जानकारी गराए। आगामी 4 फरवरीदेखि 8 फरवरीसम्म उक्त नाट्य उत्सव चल्नेछ। यसको उद्घाटन कार्यक्रममा अन्तर्राष्ट्रिय नाट्य व्यक्तित्व सुबोध पटनायक तथा विशेष अतिथिको रूपमा नाटककार चन्दन सेन उपस्थित रहनेछन्। यस अवसरमा गौतम देवले भने, आगामी 4 फरवरीदेखि दीनबन्धु मञ्चमा नाट्य उत्सवको आयोजना गरिने भएको छ भने यो उत्सव आगामी 8 फरवरीसम्म चल्नेछ। प्रसिद्ध नाट्यकार देव शंकर यस नाट्य उत्सवमा 5 दिनसम्म उपस्थित रहनेछन्। यसैले उक्त नाट्य उत्सवलाई 'पाँच सन्ध्याय देवशंकर' नाम दिएको छ। नाट्य उत्सवको उद्घाटन समारोहमा अन्तर्राष्ट्रिय रङ्गमञ्चका नाट्य व्यक्तित्व सुबोध पटनायक तथा विशेष अतिथिको रूपमा नाटककार चन्दन सेन उपस्थित रहनेछन्।